जेठ ३०,धनगढी : धनगढीमा माध्यमिक तह सामाजिक शिक्षकहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल धनगढी नगर प्याब्सन समितिको आयोजना तथा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको सभाहलामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा धनगढी उपमहानगरपालिका भित्रका ४० विद्यालयका सामाजिक विषय अध्ययन गराउने शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका कार्यालय प्रमुख प्रेमराज भट्टले लोकतन्त्र र निर्वाचन,निर्वाचन प्रकृया र निर्वाचनका सरोकारवाला,निर्वाचन प्रणाली र निर्वाचन चक्र,सरकार र शासकिय स्वरुप र नमूना मतदान एंव इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण गराएका थिए ।

धनगढी नगर प्याब्सन समितिका अध्यक्ष धुव्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपालका केन्द्रिय उपाध्यक्ष ललित राज पन्त प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा प्याब्सन सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष सिबी चन्द,प्याब्सन केन्दिय सदस्य टोपेन्द्र शाह,सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका कार्यालय प्रमुख प्रेमराज भट्ट रहेका थिए ।

कार्यक्रममा धनगढी नगर प्याब्सन समितिका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि सहभागिता रहेको थियो । प्याब्सनका पूर्व केन्द्रिय सदस्य एवं धनगढी नगर प्याब्सन समितिका तालिम विभाग संयोजक दिपक सुरीले स्वागत मन्तव्य तथा कार्यक्रम बारे प्रकास पारेका थिए भने धनगढी नगर प्याब्सन समितिका सचिव लोकेन्द्र विष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

तालिम पश्चात धनगढी नगर प्याब्सन समितिले प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेको थियो । सरकारी विद्यालयका शिक्षकहरुलाई पटक पटक तालिमको व्यवस्था भएपनि निजी तथा आवासिय शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको थिएन ।

पछिल्लो समय धनगढी नगर प्याब्सन समितिले विभिन्न विषयका शिक्षकहरुलाई हरेक महिना तालिमको व्यवस्था गर्नुका साथै अन्य थुप्रै सृजनात्मक कार्यहरु पनि गर्दै आएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?