You are currently viewing सुदूरपश्चिम र कर्णालीमा ठूलोपानी पर्ने सम्भावना

सुदूरपश्चिम र कर्णालीमा ठूलोपानी पर्ने सम्भावना

४ भाद्र,२०८२ः गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा दार्चुलामा सबैभन्दा बढी ५५.२ मिलिमिटर पानी परको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार झापा, मोरङ, उदयपुर, अछाम, जुम्ला, डोटी, बाजुरामा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा र तराइको थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखा भनाइ छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक÷दुई ठाउँमा ठूलोपानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम कायमै रहेको महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply