धनगढी १२ जुगेडामा क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन,‘च्याम्पियन्स–३६’ अभियान विस्तार

धनगढी उपमहानगरपालिका–१२ जुगेडामा हनुमाननगर युवा क्लबद्वारा सञ्चालित क्रिकेट ट्रेनिङ सेन्टरको शनिबार औपचारिक उद्घाटन गरिएको छ।

स्थानीय बालबालिका तथा युवालाई नियमित प्रशिक्षणमा जोड्ने, प्रतिभावान् खेलाडीको पहिचान गर्ने र तल्लो तहबाटै क्रिकेटको आधार बलियो बनाउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको क्लबले जनाएको छ।

सेन्टरलाई सुवास शाहीको नेतृत्वमा सञ्चालित ‘#Champions36’ अभियानसँग जोडिएको छ। अभियानको लक्ष्य सन् २०३६ सम्म नेपाललाई आईसीसी टी–२० विश्वकप च्याम्पियन बनाउने रहेको छ। यसअघि अभियानमार्फत क्लबलाई अभ्यासका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइएको थियो भने अब सुरुवाती तीन महिनासम्म राष्ट्रिय टोलीबाट खेलिसकेका युवा क्रिकेटर विपिन रावलले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष स्वर्गीय रविन्द्र बहादुर सिंहलाई ‘हनुमाननगर स्मृति सम्मान’ मरणोपरान्त प्रदान गरिएको थियो। साथै, तेक्वान्दो खेलाडी दीपा जैसीलाई पनि सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top