असार ११,धनगढी : प्रत्यक्ष डेउडा खेलमा वाहिवाहि कमाइरहेका युवा गायक नरेश जोशीको मुख्य अभिनय रहेको डेउडा गीत श्रीखण्डका बोट सार्वजनिक गरिएको छ । ४ दिन अगाडी जय मष्टा युट्युब च्यानलबाट रिलिज भएको उक्त गीतमा दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन ।
हालसम्म उक्त श्रीखण्डका बोट नामक डेउडा गीत अठार हजार पटक हेरिएको छ । नरेश जोशीलाई अभिनयमा बेला रोकायाले साथ दिएकी छन भने निर्देशक रमेश बिजुली बिसीले पनि अभिनयमा साथ दिएका छन । गीतका सर्जक नरेश जोशी नै रहेका छन भने स्वर बेला रोकाया र लाल बोगटीको रहेको छ । उक्त गीतमा सुरुमा प्रेमी प्रेमीकाबीच चोखो प्रेम बसेको र पछि एकाएक बिछोड भएर पुन: पुनर्मिलन भएको कुरा सुन्दर तरिकाले देखाइएको छ ।

गीतमा निर्देशकको भूमिकामा रमेश बिजुली बिसी रहँदा लय हरेन्द्र परियारको रहेको छ भने एरेञ्जर दिपक संगम बिसीको रहेको छ । गीतको सम्पादन शंकर साउँद गरेका छन । त्यस्तै दृश्य जुम प्रोडक्सनले खिचेको छ । सुदूरपश्चिम प्रदेशकै मुख्य धार्मीक स्थलको रुपमा रहेको गोदावरीमा छायांकन गरिएको उक्त गीतमा गोदावरी मन्दिर परिसरका आकर्षक दृश्यहरु कैद गरिएका छन ।

गीतको भिडियो यहाँ हेरौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?