You are currently viewing नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर /@MadhabKumarNepal

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर /@MadhabKumarNepal

जेठ २२,धनगढी : पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद पनि निलम्बन भएको छ ।

नेपाल मात्र होइन, प्रत्यक्ष निर्वाचित थप तीनजना संघीय सांसद पनि यतिबेला निलम्बनमा छन् । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ अनुसार मुद्दा विचाराधीन रहँदासम्म सांसद पद स्वतः निलम्बनमा रहने व्यवस्था छ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको पद निलम्बनमा परेको हो ।सिन्धुपाल्चोक–२ बाट निर्वाचित बस्नेतमाथि टेरामक्स उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा नेकपा ९एमाले० का सचिव टोपबहादुर रायमाझी १ असार २०८० मा पुर्पक्षका लागि थुनामा गएसँगै उनको सांसद पद निलम्बनमा परेको हो । त्यस्तै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वा० का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेको पद पनि निलम्बनमा छ ।

Leave a Reply