You are currently viewing नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य,कति ओभरमा नेपालले लक्ष्य पूरा गर्ला ?

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य,कति ओभरमा नेपालले लक्ष्य पूरा गर्ला ?

असार २,धनगढी:नेदरल्यान्ड्सले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डको टिटउट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले ३५, विक्रमजित सिंहले ३०, सकिब जुल्फिकरले अविजित २५, माइकल लेभिटले २०, म्याक्स ओ’ डोउडले १९ र ज्याक लायन-क्याचेटले ११ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले तीन, नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

Leave a Reply