असार २,धनगढी : नेपालले त्रिकोणात्मक ट्वान्टी(२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए । यो नेपालका लागि १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल हो ।
नेपाल जितका लागि शृंखलाको सुरुवात गर्ने लक्ष्यमा छ । यता नेदरल्यान्ड्स पनि पहिलो जितको खोजीमा छ । नेदरल्यान्ड्स पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।