३भाद्र २०८२ःकाजालिस एरिना पामस्र्टनमा जारी टप एन्ड टी–२० सिरिजको चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
यस खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आराम दिएका छन्। ऐरी टोलीका नियमित सदस्य हुन्। नेपाल यस सिरिजमा आफ्नो प्रदर्शन सुधार्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?