नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औं स्थापना दिवसको अवसरमा धनगढी स्थित आमाको माया छात्रवासमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

सोमबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला शाखाले सयुंक्त रुपमा स्टेशनरी तथा खेलकुदजन्य सामाग्री हस्तान्तरण गरेको हो । परिवारबाट विछोडिएका दर्जनौं बालबालिकाहरु उक्त छात्रवासमा बस्दै आएका छन ।

हस्तान्तरण कार्यक्रमका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष वासुदेव गौतम,निवर्तमान अध्यक्ष श्याम पाठक,कैलालीका अध्यक्ष नर बहादुर नेगी,वरिष्ठ उपाध्यक्ष निम मिश्र,प्रदेश र जिल्लाका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?