You are currently viewing खाजा खर्च कटाएर आमाको माया छात्रबासलाई स्टेशनरी सामाग्री सहयोग

खाजा खर्च कटाएर आमाको माया छात्रबासलाई स्टेशनरी सामाग्री सहयोग

धनगढी ८ क्याम्पस रोडमा रहेको थ्रीस्टार्स अंग्रेजी आवासीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले आफ्नो दैनिक खाजा खर्च कटाएर आमाको माया छात्रबासमा अध्ययनरत बालबालिकाहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेका छन ।

बुधबार कक्षा ९ का विद्यार्थीहरु स्वयम उपस्थित भएर २५ जनालाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेको थ्रीस्टार्स अंग्रेजी आवासीय विद्यालयका शिक्षक धन बहादुर खडायतले जानकारी दिए ।

यसअघि कक्षा १० का विद्यार्थीहरुले पनि गत माघमा धनगढी १३ कैलाली गाउँमा रहेको निंग्लाशैनी संस्कृत गुरुकुल विद्यापिठमा अभ्ययनरत बटुकहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply