परिस्थिति थप जटिल हुन नदिनुहोस्, सयंम अपनाउनुस्ःसेना

२४ भाद्र,२०८२ः नेपाली सेनाले ‘जेन जी’ समूहलाई परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको छ । आज विज्ञप्ति निकालेर सेनाले प्रदर्शनकारीलाई संयम हुन अनुरोध गरेको हो ।


त्यस्तै सेनाले अहिलेको विकसित अवस्थालाई मध्यनजरमा राखेर नेपाल र नेपाली नागरिकको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।‘विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ अपिलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top