पानीको बहाव बढेपछि शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक

१३ भाद्र,२०८२ः बनबासा पुल भएर नेपाल–भारत प्रवेश गर्ने ठुला सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्रवार दिउँसो १२ ः ४५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ४५ हजार ०२९ क्यूसेक मापन गरिएको छ ।
महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुल (शारदा ब्यारेज) जीर्ण हुँदा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ। सुदूरपश्चिमका पहाडी जिल्ला सहित कञ्चनपुरमा बिहीबारदेखि नियमितरुपमा वर्षा भएकाले शुक्रवार महाकालीमा पानीको बहाव बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top