You are currently viewing पिएम कपमा सुदूरपश्चिमको तेश्रो जीत,खडक बोहरा बने नायक

पिएम कपमा सुदूरपश्चिमको तेश्रो जीत,खडक बोहरा बने नायक

पीएम कप क्रिकेटमा सुदूरपश्चिमले तेश्रो जित निकालेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेश १२ रनले पराजित गर्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४०.२ ओभरमा अलआउट हुँदै १५६ रन मात्र बनाउन सक्यो ।

उसका लागि ६७ रन बनाएपनि जितका लागि पर्याप्त भएन । ध्रुव सुनारले ३६ रनको योगदान दिए । सुदूरपश्चिमलाई जित दिलाउन खडक बोहराले उत्कृष्ट बलिङ गरे । ५.२ ओभर बलिङ गरेका बोहराले मात्र १३ रन खर्चिदै ३ विकेट चट्काए । उनी खेलको म्यान अफ दी म्याच पनि चुनिए । कप्तान शेर मल्लले पनि ३ विकेट लिन सफल भए । हेमन्त धामीले २ विकेट चट्काउँदा लोकेन्द्र चन्द र नारायण जोशीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४५.४ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो । दीपक बोहराले सर्वाधिक ३० रन बनाए ।हेमन्त धामीले अविजित २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७ रन बनाए । प्रकाश पान्डेले १४ तथा नारायण जोशीले ११ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले ४/४ विकेट लिए भने सन्देश थापाले १ विकेट लिए ।

प्रतियोगितामा ४ खेल खेल्दा सुदूरपश्चिमले ३ जित र १ हारका साथ ६ अंक जोड्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । समान सात सात अंक रहँदा पनि रनरेटले मधेश प्रदेश अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लब दोश्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply