You are currently viewing प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

प्रतिनिधि सभाको चुनावका लागि आवश्यक सहयोग गर्न राष्ट्रपतिको अपिल

२९भाद्र,धनगढीः राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षसँग सहयोगका लागि अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले अपिलमा बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै नागरिकलाई रिझाउने र आफैंमा सम्हालिँदै तोकिएको मितिमा चुनाव सम्पन्न गराउन सबै पक्षसँग सहयोगको आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ, महिनाभित्र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न नागरिकले अवसर पाएका छन् ।’


भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइरहेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply