धनगढी १८ मा रहेको फुलबारी एकेडेमीकी छात्रा अकिशा जोशीले आधारभुत तहको वार्षिक परीक्षामा ४ जिपिए प्राप्त गरेकी छन । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार जोशीले यो लोभलाग्दो उपलब्धी हासिल गरेको विद्यालयका संस्थापक शिक्षक रोशन सालिग्राम उपाध्यायले जानकारी दिएका छन ।

शिक्षक उपाध्यायका अनुसार ३.६१ देखि ४.० जिपिएसम्म २२ जना,३.२० देखि ३ं.६० जिपिएसम्म २३ जना र २.८० देखि ३.२० जिपिएसम्म ४ जना उत्तिर्ण भएका हुन । उत्कृष्ट व्यवस्थापन सहित आफ्नै सुविधा सम्पन्न भवनबाट पठनपाठन सञ्चालन गर्दै आएको फुलबारी एकेडेमी त्यस क्षेत्रकै लोकप्रिय संस्थागत विद्यालय हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?