शुक्रबार सम्पन्न तेस्रो खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाहुना टोली वेस्ट इण्डिजले तीन म्याचको सिरिज ‘क्लिन स्विप’ गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो ।

उस्का लागि तन्जित हसनले सर्वाधिक ८९ रनको पारी खेले । वेस्ट इण्डिजका रोमारियो सेफोर्डले ह्याट्रिक लिए । १५२ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उस्का लागि कप्तान रोस्टन चेस र अकिम अगस्टेले आक्रामक अर्धशतक पूरा गरे ।

बंगलादेशका लागि रिसाद हुसैनले ३ विकेट चट्काएपनि जितका लागि पर्याप्त भएन । पाहुना टोली वेस्ट इण्डिजले पहिलो र दोस्रो खेलमा क्रमशः १६ र १४ रनको जित निकालेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?