You are currently viewing बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : फारवेष्ट पशुपति क्लबलाई हराउँदै बागमारा स्पोटर्स क्लब सेमिफाइनलमा

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : फारवेष्ट पशुपति क्लबलाई हराउँदै बागमारा स्पोटर्स क्लब सेमिफाइनलमा

धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा फारवेष्ट पशुपति क्लब धनगढीलाई पराजित गर्दैै बागमारा स्पोटर्स क्लब लम्की सेमिफाइनलमा प्रवेश गरेको छ ।

उपाधि दाबेदार मानिएको फारवेष्ट पशुपति क्लब धनगढीलाई बागमारा स्पोटर्स क्लब लम्कीले ४ – १ गो अन्तरले पराजित गर्दै सेमिफाइनलको स्थान सुनिश्चित गरेको छ । पहिलो खेलमा फारवेष्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टसलाई २ – ० को गोल अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेपनि आजभने सोचेअनुसारको खेल प्रर्दशन गर्न सकेन ।

बागमारा स्पोटर्स क्लबका लागि पहिलो हाफको ४ मिनेटमै अनमोल बुढा क्षेत्रीले गोल गर्दै शानदार सुरुवात दिलाएका थिए । त्यसपछि थप एक मिनेटमै अनिल पुरीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफको २६औं मिनेटमा जिवन नेपालीले गोल गर्दै बागमारा स्पोटर्स क्लबको अग्रता तेब्बर बनाए । उनी म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो हाफको ७१औं मिनेटमा बागमारा स्पोटर्स क्लबका लागि लक्ष्मण सिजालीले टिमका लागि थप एक गोल गर्दै टिमको जित सुनिश्चित गरे । फारवेष्ट पशुपति क्लब धनगढीका लागि बिपिन सिंहले खेलको ८८औं मिनेटमा सान्त्वना गोल फर्काए । बागमारा स्पोटर्स क्लब लम्कीले पौष २४ गते सेमिफाइनलमा अब संघर्ष स्पोटर्स क्लब गोदावरीको सामना गर्नेछ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन्।पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply