You are currently viewing भीमदत्त पन्तको आज स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

भीमदत्त पन्तको आज स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

  • Post category:समाचार
  • Post comments:0 Comments

१७ श्रावण, २०८२ः किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
१९८३ मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायकोविरुद्धमा विद्रोह गर्नुभएको थियो । सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारका अनुसार भीमदत्त सामाजिक न्यायको लागि समर्पित थिए ।
पूर्वसांसद निरा जैरूका अनुसार भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह अहिले पनि सम्झन लायक रहेको जैरुले बताए।
२०१० साल साउन १७ गते, बुडरको गइलेकमा उनलाई गोली हानिएको थियो । शहीद भीमदत्तले तत्कालीन समयमा गरेको विद्रोह र उठाएका नाराहरू निक्कै सान्दर्भिक रहेका अहिले पनि चर्चा गरिन्छ । २०७२ साल फागुनमा सरकारले उनलाई सहीद घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply