You are currently viewing भोली देशभर ८० लाख लिटर दूध खपत हुने अनुमान

भोली देशभर ८० लाख लिटर दूध खपत हुने अनुमान

  • Post category:समाचार
  • Post comments:0 Comments

१४श्रावण,२०८२ः नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए । उनका अनुसार उपभोक्ताको माग अनुसार बजारमा दूध उपलब्ध हुने छ ।


सरकारले २०७७ सालको फागुनमा निर्णय गरी २०७८ सालदेखि साउन १५ गतेलाई खीर खाने दिवसका रूपमा मनाउन थालेको हो । खीर खाने दिवस मौलिक संस्कृति संग जोडिएको दिन पनि हो । परम्परादेखि नै किसानहरूले साउन १५ गते खीर खाने चलन छ । रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले असार–साउनको हिलोमा काम गरेका किसानको स्वास्थ्यका लागि खीर लाभदायक हुने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । नेपाल डेरी एसोसिएसनले परिवारका सदस्यहरू संगै बसेर खीर खाई किसानको उत्पादनको उपभोग संगै पारिवारिक आनन्दसमेत लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply