जेठ २२,धनगढी : यू-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। मनिष जोशीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए ।

टोलीको उपकप्तानमा मनोज चन्द,अन्य सदस्यहरूमा मुकेश जोशी,संस्कार भट्ट,बिराज बिष्ट,अस्विन भट्ट,रोयल ढकाल,बिराट सिंह,आयुस डगौरा, सुरज धामी, एलिस चन्द,प्रयाग भट्ट ,सुरेश कठायत र अजित धामी रहेका छन्।

यस्तै रिजन राई,सुभम सुनार,महेश भट्ट र सानिध्य भट्ट वैकल्पिक खेलाडीको रूपमा छानिएका छन्। राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघको आयोजनामा यू-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता यही जेठ २५ देखि काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?