७ भाद्र,२०८२ः कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेको छ। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ११ गड्डाचौकी स्थित महाकाली नदीमा जलस्तर बढेर एक लाख १९ हजार ९३३ क्युसेक पुगेको हो।
अचानक जलस्तर बढेपछि शनिवार बिहान ९ बजेदेखि महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?