You are currently viewing महाधिवेशन र आम निर्वाचन तोकिएकै समयमा गर्नु अपरिहार्य : महर

महाधिवेशन र आम निर्वाचन तोकिएकै समयमा गर्नु अपरिहार्य : महर

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १५ औं महाधिवेशनका लागि महामन्त्रीका दाबेदार नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचनको विकल्प नरहेको जिकिर गरे ।

‘लोकतान्त्रिक व्यवस्थामा आम निर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्वपूर्ण अवसर हो,’ महरले भने, ‘त्यस्तै पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न महाधिवेशन समयमै हुनुपर्छ । यसमा कुनै पनि प्रकारको विलम्ब स्वीकार्य हुँदैन ।’

उनले वर्तमान राजनीतिक सन्दर्भमा निर्वाचन र महाधिवेशनलाई पर धकेल्ने वा बिथोल्ने खालका कुनै पनि गतिविधि भए त्यो कांग्रेस, संविधान र समग्र राष्ट्रकै हितविपरीत हुने चेतावनी दिए । ‘संविधानले कोरेको लिकभन्दा बाहिर जाने छुट कसैलाई छैन । समयमै निर्वाचन र महाधिवेशन सुनिश्चित गर्नु नै अहिलेको मुख्य दायित्व हो,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply