You are currently viewing यु–१६ फुटबल लिगः मछिन्द्रविरुद्ध एपिएफको रोमाञ्चक जित

यु–१६ फुटबल लिगः मछिन्द्रविरुद्ध एपिएफको रोमाञ्चक जित

८ भाद्र,२०८२ः विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा आइतबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा २६ अंक जोडेको एपिएफ छैटौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र समान खेलबाट २७ अंका साथ चौथो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सुजन तामाङ र पुजन ढकालले गोल गरे । मछिन्द्रका लागि गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।


खेलको २३औं मिनेटमा सुजनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । १० मिनेटपछि नै अशिम खड्काबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्र बराबरीमा आयो । पुजनले ६६औं मिनेटमा गोल गर्दै एपिएफलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply