You are currently viewing धनगढीमा डोरेमिफा गायन प्रतियोगीता हुँदै,विजेताले नगद १ लाख पुरस्कार पाउने

धनगढीमा डोरेमिफा गायन प्रतियोगीता हुँदै,विजेताले नगद १ लाख पुरस्कार पाउने

धनगढीमा डोरेमिफा गायन प्रतियोगीता आयोजना हुने भएको छ । शनिवार धनगढीको पोटली फुड्समा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था धीर विक्रम प्रोडक्सन हासउसले प्रतियोगीता बारे विस्तृतमा जानकारी दिएको हो । प्रतियोगीतामा ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले सहभागी हुन पाउनेछन । आयोजक संस्थाका संस्थापक तथा प्रतियोगीताका निर्देशक धिर विक्रम सिंहका अनुसार विजेताले नगद रु १ लाख,दृतियले नगद रु ५० हजार तथा तृतिय स्थान हाँसिल गर्नेले नगद रु २५ हजार प्राप्त गर्नेछन । पहिलो संस्करण सफलतापूर्व सम्पन्न गरिसकेको आयोजकले यसवर्ष दोश्रो संस्करण अयोजना गर्न लागेको हो ।


लामो समयदेखि आफू कला संगितकै क्षेत्रमा काम गरिहेकाले र आफ्नो ठाउँ आफै बनाउनुपर्छ भन्ने मान्यताका साथ गायन प्रतियोगीता आयोजना गर्न लागेको प्रतियोगीताका निर्देशक धिर विक्रम सिंहले बताए ।त्यस्तै प्रतियोगीताको मुख्य प्रायोजक राज मिडिया हाउस धनगढीका प्रबन्ध निर्देशक आदित्य विक्रम क्षेत्रीले धीर विक्रम प्रोडक्सन हाउसलले बालबालिकालाई उत्कृष्ट सांगीतिक मञ्च दिने गरी काम गर्न लागेको देखेर आफ्नो संस्था मुख्य प्रायोजकको रुपमा जोडिएको बताए ।

अनलाइनबाट अडिसन सुरु भैसकेको छ भने यहि जेष्ठ १६ गते सनिबारका दिन धनगढीको कफीसफीमा भौतिक अडिसन हुने आयोजकले जनाएको छ ।

प्रतियोगीताको मुख्य प्रायोजकमा राज मिडिया हाउस धनगढी रहेको छ । जस्कले विगत एक दशक भन्दा अधिक समयदेखि फोटो तथा भिडियोग्राफीका क्षेत्रमा गुणस्तरीय काम गर्दै आएको छ । प्रायोजकहरुमा लेकाली इलेक्टोनिक्स,जिरो टु टेन,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान,डिस्कभरी बो.स्कुल,सिराज इन्टरनेसनल,लेकाली ट्राभल्स,फारवेष्ट ड्रिम इभेण्टस,खेलमाण्डौं लगायत रहेका छन भने अन्य कला संगीतप्रेमीहरुलाई पनि प्रायोजकको रुपमा जोडिएर सहयोग गर्न आयोजकले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा पहिलो संस्करणका विजेता शुलभ खड्का,उपविजेता विक्रम ताम्राकार,राज मिडिया हाउस धनगढीका निर्देशक आदित्य विक्रम क्षेत्री लगायत कलाप्रेमीहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन मनस्वी बमले गरेकी थिइन उनी कार्यक्रम अवधिभर होस्टको रुपमा पनि रहनेछन । करिबन डेढ महिनासम्म सञ्चालन हुने उक्त गायन प्रतियोगीता असार मसान्तसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply