आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो ।
उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे । कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए ।

बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिँदा मिलिन्द कुमार र रुशिल उगारकरले १-१ विकेट लिए । कीर्तिपुरमा भने नेपालको यो हालसम्मकै सर्वाधिक योगफल हो । यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमान विरुद्ध ३१० रनको योगफल बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
