२असोज,धनगढीः साफ यु–१७ च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने लक्ष्यसहित कोलम्बोतर्फ उडेको नेपाली टोली अब त्यो लक्ष्य भेट्न एक कदम मात्र टाढा छ।
गत वर्ष भुटानमा भएको संस्करणमा जस्तै यसपटक पनि नेपाल अन्तिम चारको यात्रा नजिक पुगेको हो। समूह ‘ए’ को पहिलो खेलमा घरेलु श्रीलंकालाई २–० ले पराजित गरेपछि नेपालको बाटो सहज बनेको छ।

अब नेपालले बिहीबार साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बो रेसकोर्समा हुने यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। सो खेलमा जित वा बराबरी दुवै नतिजाले नेपाललाई सेमिफाइनलमा पु¥याउनेछ।

बंगलादेशले भने यो संस्करणमा पहिलो खेल खेल्दैछ। गत वर्ष उसले फाइनलसम्मको यात्रा गरे पनि उपाधिबिहीन रह्यो। निर्णायक भिडन्तमा भारतसँग २–० ले पराजित हुँदै उसले उपविजेतामा सन्तोष मान्नुपरेको थियो। नेपाल त्यही संस्करणको सेमिफाइनलमा भारतसँगै ४–० ले हार्दै बाहिरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?