१६ भाद्र,२०८२ः भुटानमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भदौ ३ देखि १५ सम्म थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न प्रतियोगितका ६ खेलबाट चार अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो ।
नेपाल भारतसँग ७–० र ५–० तथा बंगलादेशसँग ३–० र ४–१ ले पराजित भएको थियो । यसैगरी भुटानसलाई पहिलो खेलमा २–१ ले हराएको नेपाल दोस्रो खेलमा १–१ को बराबरीमा रोकियो । प्रतियोगिताको उपाधि भारतले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?