चितवन राइनोजले विराटनर किंग्सलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको छ ।

चितवन राइनोजका लागि रबि भुपाराले अर्धशतकिय पारी खेले । ३८ रनको सामना गरेका भुपाराले ३ चौका र ४ छक्काको मद्दतले ६५ रन बनाए । त्यस्तै सेफ जैबले ३२,देव खनालले २८,डेबिड मलानले १७ रनको योगदान दिए । कप्तान कुशल मल्ल २० रनमा अविजित रहे ।
विराटनर किंग्सका लागि कप्तान संदिप लामिछानले २ विकेट चट्काए । ४ ओभर बलिङ गरेका लामिछानेले २४ रन खर्चिदै २ विकेट तथा मार्चिण्डे डा लिंग्गाले पनि २ विकेट लिए । सुभम रञ्जनेको नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवनले दोश्रो खेलमा भने लुम्बिनीसँग ६ विकेटले पराजित हुन पुग्यो । विराटनगर भने लगातार चौथो जितको खोजीमा छ । उस्ले पोखरालाई ५३ रन,काठमाण्डुलाई ५ विकेट तथा जनकपुरलाई ९ रनले पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?