२८ श्रावण,२०८२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कारागारको सुविधा र सुरक्षा दुवै दृष्टिले अनुपयुक्त रहेको बताएका छन् ।

लिङ्देनले सोमबार दोस्रोपटक भैरहवा कारागार पुगेर लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले लामिछानेलाई थुनामा राख्दा न्यूनतम् मानवअधिकार र उचित सुविधा उपलब्ध गराउनुपर्ने बताएका हुन् ।
‘देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम् सुविधा पनि सरकारले प्रदान गर्न सकेको छैन,’ लिङ्देनले फेसबुकमा लेखेका छन् ।
लिङ्देनले भैरहवा कारागारको अवस्थालाई गम्भीर ठानेर तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । लामिछानेसँगको भेटमा राष्ट्रिय राजनीति, संसदको गतिविधि र रूपन्देहीमा हुने उपनिर्वाचनलगायत विषयमा पनि छलफल लिङ्देनले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?