You are currently viewing राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने आन्दोलनरत उखु किसानको घोषणा

राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने आन्दोलनरत उखु किसानको घोषणा

१४ भाद्र,२०८२ः काठमाडौँमा आन्दोलनरत उखु किसानले सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्।
शनिवार माइतीघरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन्। हामीले एक हप्ता काठमाडौँमा आएर आन्दोलन गर्दासमेत सरकारले ध्यान दिएको छैन।
झरीमा भिजेर आन्दोलन गर्दा केही किसान बिरामीसमेत परे। त्यसैले हामी अब राजमार्ग केन्द्रित आन्दोलनमा होमिएका हौँ।हामीले अनुदान चन्दा माग्न आएका हैनौँ।
हामीले उत्पादन गरेको उखुबाट बनेको चिनीबाट पनि हामीले कर तिरेका हौँ।आन्दोलनका संयोजक श्यामबाबु रायले बताए। उखु उत्पादक महासङ्घ, नेपालको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनियत पूर्ण ढङ्गबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए।
उनीहरूले उखुको मूल्य तोक्दा उखु किसानको सहभागिता सुनिश्चित गर्नका लागी १३ जिल्ला उखु किसानहरूको भाद्र ८ गतेबाट काठमाडौँको माइतीघर मण्डलामा ७ दिन देखि धर्ना एवं विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply