शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बजेट सुनिश्चितताको लागि निरन्तर पहल

सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षा सञ्चालनको पहल तीव्र बनेको छ। शनिवार शिक्षामन्त्री सस्मित पोखरेलसँग भएको छलफलको आधारमा आज अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष बजेट सुनिश्चितताका लागि कैलाली क्षेत्र न. ५ र २ बाट निर्वाचित सांसद डा. आनन्द बहादुर चन्द र केपी खनालले निरन्तर पहल गरिरहेका छन ।
यस क्रममा सुदूरपश्चिमको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समितिको टोली अर्थ मन्त्रालय पुगेको थियो। भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आगामी शैक्षिक सत्रका लागि आवश्यक बजेट सुनिश्चित गर्न सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन ।
शिक्षा र अर्थ मन्त्रालयको संयुक्त पहलसँगै गेटामा ३०० शैयाको सुविधासम्पन्न अस्पतालसहित मेडिकल शिक्षा अध्यापन सुरु हुनेमा सुदूरपश्चिमवासी आशावादी भएका छन्। यसले क्षेत्रीय स्वास्थ्य सेवा र उच्च शिक्षामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top