लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । शर्माले एक बालिकालाई घरमा राखेर बालश्रम गराएकाे आरोप लागेका थियो ।

केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ’ भनेर लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?