You are currently viewing वडिमालिकामा पूर्वाधार अभावः विशेष योजना माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापनपत्र

वडिमालिकामा पूर्वाधार अभावः विशेष योजना माग गर्दै मुख्य मन्त्रीलाई ज्ञापनपत्र

५भाद्र,२०८२ः धनगढी उपमहानगरपालिकाको टोलीले वडिमालिका भ्रमण गरी त्यहाँको भौगोलिक अवस्था, सांस्कृतिक महत्त्व र विकासको आवश्यकता प्रत्यक्ष अवलोकन गरेको छ। भ्रमणपछि टोलीले वडिमालिका धार्मिक तथा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थल भए तापनि आवश्यक पूर्वाधार, संरक्षण र प्रचार–प्रसारको कमीका कारण यस क्षेत्रले पाउनुपर्ने ध्यान नपाएको आभास भएको जनाएको छ।


यसै सन्दर्भमा होटल व्यवसायी सङ्घ लगायतको टिमले बिहिबार मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। टोलीले वडिमालिका क्षेत्रको विकासका लागि तत्काल पहल गर्नुपर्ने माग गर्दै धार्मिक तथा पर्यटकीय सम्भावना भएका यस्ता स्थललाई संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिएको छ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले वडिमालिका भ्रमणबाट प्राप्त अनुभव र सुझावलाई समेत समेटेर प्रदेश सरकारलाई जानकारी गराइएको उनको सचिवालयले जानकारी गराएको छ । धनगढी उपमहानगरपालिका नगर उप–प्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगाएतको टोली साउन १८ गते बडीमालिका प्रस्थान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply