धनगढी उपमहानगरपालिका वडा न.१३ मोहनपुरमा रहेको विद्याभुषण पव्लिक स्कुलले खेलकुद सप्ताह–२०८२ औपचारिक रूपमा सुरु गरेको छ । मंगलबार विद्यालयको खेलमैदानमा एक कमर्यक्रमका बीच खेल सप्ताह सुरु गरिएको हो ।

खेलकुद सप्ताहमा विद्यार्थीहरुको शारीरिक, मानसिक र सामाजिक विकाससँगै अनुशासित र सक्षम नागरिक निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको विद्यालयका संस्थापक प्रिन्सिपल डिकेन्द्र जंग कुँवरले जानकारी दिए । खेल सप्ताहमा कक्षा नर्सरीदेखि दससम्मका विद्यार्थीहरु सहभागि छन ।

उद्घाटन समारोहमा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्याम रायले खेल सप्ताह भरि हुने खेलहरुको जानकारी दिदै कम्तिमा पनि ३५ भन्दा बढी खेलहरु खेलाइने जानकारी गराएका छन । खेल सप्ताह भरि खेलाइने खेलहरुमा सहभागी हुने खेलाडीहरुले पहिला सदन भित्रै प्रतियोगिता गरेर मात्र अन्तर सदन प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको रायले बताए ।

खेलकुद सप्ताहमा मुख्यतया फुटबल, क्रिकेट, भलिबल, कबड्डी,तानडोरी तथा अन्तर विद्यालय क्रिकेट खेल खेलाइनेछन ।

खेलकुद सँगसँगै स्वास्थ्य चेकजाँच,सरसफाइ, अनुशासन र सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम,वातावरण प्रवद्र्धन गर्न सरसफाइ कार्यक्रम पनि आयोजना गरिने प्रिन्सिपल डिकेन्द्र जंग कुँवरले बताए । आजबाट सुरु भएको खेल सप्ताह माघ ७ गतेसम्म समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?