You are currently viewing कञ्चनपुरको बेलौरी नगरपालिकामा विपतमैत्री संरचना निर्माण

कञ्चनपुरको बेलौरी नगरपालिकामा विपतमैत्री संरचना निर्माण

१० श्रावण,२०८२ः कञ्चनपुरको बेलौरी नगरपालिकामा विपदमैत्री संरचना निर्माण गरिएको छ । विपदसम्बन्धी गतिविधि सञ्चालनका लागि पालिकाले छुट्टै विपद् मैत्री संरचना निर्माण गरिएको जनाएको हो ।

पालिकाको विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेका अनुसार नौ लाखको लागतमा स्थानीय आपतकालीन केन्द्र र ६ लाखको लागतमा विपद् गोदाम घर निर्माण गरिएको छ । गोदाम घर निर्माण कार्य अन्तिम चरणमा पुगेको विपद् सम्पर्क व्यक्ति पाण्डेले बताए । विपदमा पर्ने प्रभावित परिवारलाई आवश्यक पर्ने राहत सामग्रीहरू विपद् गोदाम घरमा राखिने उनले बताए । आपतकालिन पूर्व तयारीका लागि सामानहरूलाई सम्बन्धित स्थानमा परिचालन गर्न भवन निर्माण गरिएको उनले बताए ।

पालिकामा यसअघि भवन अभावले विपद् सामग्रीहरू व्यवस्थापन र परिचालनमा समस्या रहँदै आएको बताइएको छ । विपद् मैत्री संरचना निर्माण गरिएसँगै स्थानीय आपतकालीन केन्दमा विपद जन्य गतिविधि, बैठक, तालिमलगायतका कार्यक्रम सञ्चालनमा सहजता हुने उनले बताए ।वैशाख महिनादेखि निर्माण थालिएकोमा असार मसान्त भवन निर्माण सम्पन्न भएको उनले बताए । भवनको छिट्टै उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply