पढाइमा अब्बल, देश, विदेश बुझेका , मृदुभाषी, प्रजातान्त्रिक मूल्य मान्यताका साधक तत्कालिन राजा विरेन्द्र, अझ सम्म पनि लोकप्रीय राजा हुन्। उनको व्यक्तित्व कहिल्यै विगतमा सिमित हुन सक्दैन, उनी त वर्तमानका पनि राजा हुन् र भविष्यका पनि राजा हुन् तसर्थ उनलाई विगतमा मात्रै राख्दा अन्याय नै हुन्छ होला। उनका तत्कालिन सैनिक सचिव विवेक कुमार शाहका नजरमा हेर्दा राजा विरेन्द्रको परिचय थुप्रै माध्यमबाट दिन सकिन्छ।

सरलता, सरस र आत्मियभाव:
दरबारमा भएका सबै भाइभारदार, सचिव, पार्श्ववर्ती, राजदरबारका कर्मचारी, सैनिक प्रमुख वा सामान्य सैनिक र जनस्तरमा सजिलै उपलब्ध वा घुलमिल हुने स्वभाव भएका व्यक्ति हुन्, राजा विरेन्द्र। सबै खाले ( प्रबुद्ध वर्ग, सामान्य कर्मचारी वा सर्वसाधारण ) का कुरा मज्जाले सुन्न सक्ने क्षमता भएको अद्भूत व्यक्तित्व थियो, उनको।
प्रजातान्त्रिक मूल्य मान्यताप्रती दृढ:
एक पटक हैन पटक पटक विवेक कुमार शाह, अधिराजकुमार ज्ञानेन्द्र, राजकुमार दीपेन्द्र र महारानी ऐश्वर्यले लगातार, बारबार राजनीतिक दल र तिनका नेताप्रती असन्तुष्ट व्यक्त गर्दा पनि राजा विरेन्द्र सदा सकारात्मक हुँदै, यी नयाँ छन् र व्यवस्था पनि नयाँ छ तसर्थ सिक्दै, सिकाउँदै यसै व्यवस्थालाई दृढ बनाउनुपर्छ भनेर प्रजातन्त्रको रक्षार्थ प्रस्तुत भैरहन्थे। यसरी उनको व्यक्तित्व सदा प्रजातान्त्रिक मूल्य मान्यतामा दृढ रहेको भन्ने विश्वास गर्न सकिन्छ।
गुप्तचर संस्थाप्रती कटिबद्ध:
नेपालमा प्रजातन्त्र स्थापना पश्चात् नेपाली काङ्ग्रेसका सभापती तथा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गुप्तचर संस्था लगायत प्रशासन सेवामा कार्यकर्ताको भर्ती सुरु गरेका थिए। निकै लथालिङ्ग भएपछी सहन नसकेर राजा विरेन्द्रले पटक पटक यसरी गुप्तचर संस्थालाई कमजोर बनाउँदै जाने हो भने नेपालको अस्तित्व एक दिन सङ्कटमा पर्नेछ भनेर सचेत गराएका थिए।
नेपाल र नेपालीप्रतिको भाव:
नेपाल भौगोलिक बनावट र प्राकृतिक सम्पदाको अवस्थामा निकै धनी छ र यी स्रोतहरुको समुचित प्रयोग गरि मनचाह फाइदा लिन सक्छौं र यस सम्बन्धी योजनाबद्ध भएर लाग्न तत्कालिन शाही सेनालाई अह्राएका थिए भने गाउँगाउँमा प्रशासनलाई कटिबद्ध बनाएर नेपालको विकास गरि नेपालीका चाहना पूरा गर्न आदेश दिएका थिए।
पारिवारिक कलहमा रुमल्लिएका राजा:
महारानी ऐश्वर्य, राजमाता रत्नराज्यलक्ष्मी र युवराज दीपेन्द्रहरुको लडाइँमा राजा विरेन्द्रले निकै आन्तरिक कलह झेल्नुपर्यो। युवराजका प्रेम काहानी , महारानीका रवाफ र राजमाताका अडानबिच नराम्ररी दु: ख पाएका थिए, उनले। परिवारका सम्पूर्ण सदस्यले यो शासन व्यवस्था र राजनीतिक दलप्रती वितृष्णा व्यक्त गरिरहेका हुन्थे तर पनि राजा विरेन्द्र भने सदा प्रजातान्त्रिक मूल्य मान्यताको पक्षमा उभिन्थे। यसरी बुझ्दा खासै ऐसाराम जिन्दगी राजा विरेन्द्रले युवराज हुँदा मात्रै पाए। राजा भएपछी उनी पारिवारिक कलह, देशको भु- राजनीतिक र आन्तरिक द्वन्द्वको भुमरीमा नराम्ररी फसेका थिए , राजा विरेन्द्र।
वार्ता र संवाद नै माओवादी द्वन्द्वको समाधान:
तत्कालिन विभिन्न दलका नेताहरुले राजा समक्ष सेना परिचालन गरि माओवादी आतङ्क नियन्त्रण गर्न माग गरेका थिए र माओवादी आतङ्ककारी घोषणा गर्न माग गरेका थिए तर राजा विरेन्द्रले अस्वीकार गर्नुभयो। माओवादी पनि नेपाली नै हुन् र नेपाली माथी नै नेपाली कसरी जाइलाग्न सक्छन्? भनेर प्रतिउत्तर दिएका थिए, राजा विरेन्द्रले। माओवादी द्वन्द्वको सामाधान केवल वार्ता संवाद हो। यहि माध्यमबाट नै माओवादी समस्या समाधान गर्न सकिन्छ। अर्को माध्यम भनेको नेपाली सेनाले गाउँगाउँमा विकास आयोजना लगेर समग्र देशको विकासमा लाग्नुपर्छ भनेका थिए।

समग्रमा भन्दा नेपालीको सर्वोत्तम हित चाहने र नेपालीको मनमुटुमा बस्न सफल राजा हुन्, राजा विरेन्द्र। उनको तस्विरमा देखिने मुस्कान नै नेपाली जनको मुस्कान हो। अझ पनि राजा नै छन् र सदा उनको स्थान देशको राजाकै रुपमा रहने छ। यो आलेख संग उहाँको त्यो मुस्कानले नेपाली जनमा आत्मियता , सद्भाव र सुख सञ्चार गरोस्! राजा विरेन्द्रको आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली !

विवेक कुमार शाहद्वारा रचित ‘ मैले देखेको दरबार’ पढ्दै गर्दा राजा विरेन्द्रका थुप्रै आयामहरु बुझ्न , केलाउन सकिन्छ। समग्रमा पुस्तकले राजा विरेन्द्रलाई केस्राकेस्रा केलाउन नसके नि उनको व्यक्तित्वका आयामहरु प्रस्तुत गर्न खोजेको छ। लेखकप्रती उच्च सम्मान!
Artical By : Navraj Joshi
लेखक नवराज जोशी लामो समयदेखि अनुसन्धात्मक लेखहरु लेख्दै आएका छन । उनी विशेष गरी नेपालको इतिहाँसबारे गहिरो रुचि राख्दछन । हाल जोशी शिक्षण पेशामा सकृय छन भने फुटकर साहित्यिक रचना पनि सृजना गरिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?