You are currently viewing विशेष गोष्ठीको आयोजना गर्दै धनगढीमा सत्ताइसौँ अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइयो

विशेष गोष्ठीको आयोजना गर्दै धनगढीमा सत्ताइसौँ अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइयो

सत्ताइसौँ अन्तरास्ट्रिय मातृभाषा दिवसको अवसर पारेर शनीबार धनगढीमा भाषिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कैलाली जनपुस्तकालय, धनगढी  र सुदूर चिनारी द्विमासिक पत्रीकाको संयुक्त आयोजनामा कैलाली जनपुस्तकालयको सभाकक्षमा सुदूरपश्चिम प्रदेशका पहाडी भाषिक समुदाय केन्द्रीय ” भाषिक गोष्ठी” शनीबार सम्पन्न भएको हो । कैलाली जनपुस्तकालयका उपाध्यक्ष टङ्क प्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन र सहजीकरण पुस्तकालयलै सचिव सुभाष सङ्कल्प भण्डारीले गर्नुभएको थियो ।

स्वागत मन्तव्य र कार्यक्रमको औचित्य र उद्देश्यमाथी सुदूर चिनारी द्विमासिक पत्रीकाका सम्पादक एन. के. जोशीले प्रकाश पार्नुभएको थियो । भाषिक गोष्ठिमा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाहरुको भाषिक समुदायको प्रतिनिधित्व हुने गरि पचास जना भन्दा बढि प्राज्ञिक वर्गको उपस्थिति रहेको थियो । कार्यक्रममा डोटेली समाज, मालिकार्जुन समाज, बैतडेकी समाज, आदर्श सेवा समाज, अछाम सेवा समाज, सुर्मादेवी समाज, बाजेरेली समाजका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

भाषिक गोस्ठीमा विभिन्न जिल्लाहरुको भाशिक समुदायलाइ प्रतिनिधित्व गर्नुहुने प्राज्ञिक व्यक्तिहरुले मातृभाषाको प्रयोग, यसको मानकिकरण, लिपि बिकास जस्ता विबिध पक्षहरुमा गहन छलफल गर्नुभएको थियो । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पुर्व प्रमुख डा. धर्मराज उपाध्याय, सह प्राध्यापक सिताराम भट्ट, सहप्राध्यापक गणेशराज जोशी, उप प्राध्यापक राजेन्द्र प्रसाद पन्त, कैलाली बहुमुखी क्याम्पसका पुर्व सह  प्राध्यापक जगन्नाथ जोशी, डोटी क्याम्पसका पुर्व सह प्राध्यापक तिर्थराज जोशी, बाजुरेली समाजका सचिव हर्क बहादुर ओली, बैतडीका साहित्यकार धर्मराज जोशीले मातृभाषाका विसयमा आफ्ना बिचारहरु राख्नुभएको थियो । आफ्नो विचार राख्ने क्रममा उहाँहरुले सुदूरपश्चिम प्रदेशका जिल्लाका नाममा  भासाहरु नामाकरण हुनु दु:खद पक्ष रहेको बताउनुभएको थियो । भासामा राजनितिकरण हुँदै भाषिक एकता बिखण्डन गर्ने काम भैरहेको आरोप समेत लगाउनुभएको छ ।

बहुसाङ्स्कृतिक समाजमा मातृभाषाको प्रयोगलाई जोड दिन कठिनाइ भएको स्विकार्दै मातृभाषाको प्रयोगलाइ प्रोत्साहन गर्न घरबाटै सुरु गर्ने बताउनुभएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका पहाडी भासिक समुदायले बोल्ने मातृभाषाको साझा मानक बनाउन पहल गर्नुपर्ने कुरोमा सहभागीहरुको मुख्य जोड रहेको थियो । सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठानले पनि यो विषयमा पहलकदमी चाल्नुपर्ने कुरोमा सहभागिहरुको जोड रहेको थियो । आफ्नो मातृभाषा जोगाउन प्रत्येक नागरिकले स्वयम् भुमिका खेल्नुपर्ने र त्यसको लागि सबैले सरकारलाइ समेत खबरदारी गर्नुपर्ने भनाइ राख्नुपर्ने बताएका छन । सुदूरपश्चिमको साङ्स्कृतिक एकतालाइ कमजोर बनाउन विभिन्न तत्वले खेलिरहेको र त्यसको ज्वलन्त उदाहरण जिल्लागत नाममा नामाकरण भएका भाशाहरु रहेको बताउनुभएको छ । ऐश्वर्य बहुमुखी क्याम्पसका उप प्राध्यापक डा. तुलछी शर्मा, प्राज्ञ बासुदेव पाण्डेय, पुस्तकालयका सल्लाहकार ज्योतिष पण्डित मनिराज जोशी, एक्सिस बिधाश्रमकी प्राचार्य तथा कैलाली जनपुस्तकालयकि  सल्लाहकार अनिता पन्त, वरिष्ठ कवि यज्ञराज यात्री, वरिष्ठ साहित्यकार तथा संस्कृतीविद पदमराज जोशी प्रभात, साहित्यकार बाबुराम आचार्य, सागर कुश्मी  लगायतले आफ्ना विचारहरु राख्नुभएको थियो ।

गोष्ठी कार्यक्रममा साहित्यकार धर्मराज जोशी, प्राज्ञ वासुदेव पाण्डेय, सह प्राध्यापक तिर्थराज जोशी, ज्योतिष मनिराज जोशी, विनोद बहादुर सिंहले आफ्नो मातृभाषामा गित, कबिता, गजल, देउडा  सुनाउनुभएको थियो । भाषाकाे क्षेत्र हुन्छ तर सिमाना हुँदैन त्यसैले सुदूरपश्चिमका सबै भाषिक भेद उपभेदलाई सम्मान गर्दै साझा नाम तय गर्ने, सुदूरपश्चिम सरकारले विश्वविद्यालय, भाषिक आयाेग वा प्रज्ञा प्रतिष्ठानका माध्यमबाट यसकाे निर्क्याेल गर्नुपर्ने,शब्दकाेश, व्याकरण निर्माण गर्ने, देउडा, फाग, भारत, चैत, मागल जस्ता लाेकसाहित्यकाे सिर्जना र संरक्षण गर्ने कार्यले मात्र मातृभाषाकाे संरक्षण हुनेमा अधिकांश सहभागीकाे जाेड रहेकाे थियाे। नेपाली भाषाकाे माउ भाषाक्षेत्रलाई विभक्त गर्ने निर्णयमा केन्द्रीय तथ्याङ्क विभाग र भाषा आयाेगले पुनर्विचार गर्नुपर्ने कुरामा सहभागीले मत व्यक्त गरेका थिए।

भाषाकाे परिवर्तनशीलता राेक्न नसकिने भए पनि अबाेधगम्यता नभएका सुदुरपश्चिमका भाषाभाषीहरु सङ्ख्यात्मक रुपमा भिन्न नभई स्वपहिचान जाेगाउन आपसमा एकताबद्ध हुनुमा भलाइ रहने गाेष्ठीकाे निष्कर्ष छ। वक्ताहरुको भनाइलाई टिपोट गर्दै विनोद बहादुर सिंहले कार्यक्रमको अन्त्यमा निस्कर्श प्रस्तुत गर्नुभएको थियो । हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन विश्वभरी अन्तरास्ट्रिय मातृभाषा दिवस मनाउने गरिन्छ । यसको घोषणा भने  युनेस्कोले सन १९९९ मा गरेको हो । सन् २००० देखि यो दिवस मनाउदै आइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply