शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खडायत

७ श्रावण २०८२ : कैलालीको गोदावरी नगरपालिका–८ मा अवस्थित शारदा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चक्र खडायत सर्वसम्मत निर्वाचित भएका छन्। मंगलबार विद्यालय, शिक्षक तथा अभिभावक समितिबीच बसेको संयुक्त बैठकले खडायतलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। अध्यक्ष खडायतलाई विद्यालयका प्रधानाध्यापक भोजराज जोशी तथा विद्यालय परिवारले स्वागत तथा बधाई दिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि खडायतले विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।उनले आफ्नो नेतृत्वमा विद्यालयको समग्र विकासमा ध्यान केन्द्रित गरिने बताए।अबको दिनमा विद्यालयलाई थप व्यवस्थित, पारदर्शी र नविन योजनामार्फत अगाडि बढाउने प्रतिवद्धता जनाए।

विद्यालय परिवारले खडायतलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। धनगढी स्थित नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत समेत रहेका खडायत बौद्धिक र समाजसेवी व्यक्तित्वका रूपमा परिचित छन्।अनुभवी र जिम्मेवार नेतृत्वका रुपमा स्थापित खडायतको अध्यक्षतामा शारदा माध्यमिक विद्यालयले आगामी दिनमा गुणस्तर सुधारका साथै आधुनिक शिक्षण प्रणालीतर्फ पनि अग्रसर हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top