जेठ २८,धनगढी : सगरमाथा टेलिभिजनका कैलालाी संवाददाता तथा धनगढीबाट सञ्चालित स्टेटसेभेन अनलाइनका सह–सम्पादक दिनेश बिष्ट सम्मानित भएका छन् । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनको अवशरमा बिष्ट सम्मानित भएका हुन् । पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै बिष्टलाई सम्मान गरिएको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन् । बिष्ट एक दशकदेखि धनगढीमा सकृय पत्रकारिता गरिरहेका छन । उनी नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष समेत हुन ।
सोही अवशरमा बिष्ट सहित खेलकुद तथा विभिन्न क्षेत्रमा योगदान दिएका १० जना सम्मानित भएका हुन् । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल लगायतले सुभकामना मन्तब्य राखेका थिए ।