सातदोबाटोविरुद्ध एपिएफको जित

२५ श्रावण,२०८२ः विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबविरुद्ध ५–० को एकतर्फी जित दर्ता गरेको छ ।
जितसँगै १३ खेलमा २३ अंक जोडेको एपिएफ आठौं स्थानमा छ । जितविहिन बनेको सातदोबाटो विना अंक पुछारमा रह्यो । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन असिम खड्काले दुई तथा पुजन ढकाल, आदर्श मेचे र प्रशिश खनालले समान एक गोल गरे ।


खेलको १२औं मिनेटमा पुजनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ४३औं मिनेटमा आदर्शले टोलीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेटपछि नै असिमले गोल गर्दा एपिएफले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लियो ।


प्रशिशले ५१औं मिनेटमा गोल गर्दा एपिएफ ४–० ले अगाडि बढ्यो । ८०औं मिनेटमा असिमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । आइतबार सम्पन्न पहिलो खेलमा संकटा र हिमालयन शेर्पा १–१ को बराबरीमा रोकिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top