You are currently viewing सानेपामा कांग्रेस कार्यकर्ताद्वारा कार्यालयमा झण्डा र ब्यानर पुनः स्थापना

सानेपामा कांग्रेस कार्यकर्ताद्वारा कार्यालयमा झण्डा र ब्यानर पुनः स्थापना

२७भाद्र,धनगढीः नेपाली कांग्रेसका युवा कार्यकर्ताहरूले आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा र ब्यानर पुनः स्थापना गरेका छन्।
हालैका दिनमा जेन–जी युवाहरूको प्रदर्शनको क्रममा आगजनी भएको उक्त कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सोही घटनापछि आज बिहान कार्यकर्ताहरू कार्यालय परिसरमा पुगेका थिए।


उनीहरूले कार्यालय भवनको अगाडि पार्टीको झण्डा र वरिष्ठ नेता बीपी कोइरालाको तस्वीरसहितको ब्यानर राखेका छन्। ब्यानरमा लेखिएको छः “उहाँले निर्माण गर्नुभएको हो, हामी अझ सबल बनाउनेछौं, हामी उठ्नेछौं।” घटनापछि क्षतिग्रस्त बनेको संरचना अहिले पुनः व्यवस्थित गर्ने प्रयास थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply