You are currently viewing साफ यू-२० : उपाधिका लागि नेपाल र आयोजक बंग्लादेश भिड्दै

साफ यू-२० : उपाधिका लागि नेपाल र आयोजक बंग्लादेश भिड्दै

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बंग्लादेशसँग उपाधि भिडन्त गर्दैछ।खेल ढाका स्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६:४५ बजे सुरू हुनेछ।

बंगलादेश ५ खेलमै जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ जित र १ हारसहित १२ अंकमा दोस्रो स्थानमा छ। अघिल्लो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।

नेपालले भुटान र श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै कुल ३० गोल गरेको छ, जबकि बंगलादेशले २४ गोलमात्रै गरेको छ। दुवै टोलीले ४–४ गोल खाएका छन्।

आजको खेल जितेमा नेपाल अंक बराबरी गर्न सक्छ र त्यसपछि च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ। यसैले नेपाली टोलीलाई जित्नैपर्ने दबाब छ। निर्णायक क्षणमा मैदान उत्रन लागेका नेपाली खेलाडीहरू उपाधिका लागि संघर्ष गर्न तयार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply