धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा भीमदत्त नगरपालिका र परशुराम नगरपालिकाको टोली विजयी भएका छन । बिहिबार सम्पन्न उद्घाटन खेलमा भीमदत्त नगरपालिकाले पुनर्वास नगरपालिका ए लाई ३६ रनले पराजित गरेको छ ।

भीमदत्त नगरपालिकाले दिएको १५४ रनको मध्यम लक्ष्य पछ्याउन गएको पुनर्वास नगरपालिका ए १८.१ ओभरमा ११७ रनमै समेटियो । पुनर्वास ए का लागि कप्तान अविनास सिंहले सर्वाधिक २२ रन बनाए भने भरत चन्दले २१ त्था आयुश चन्दले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । भीमदत्तका लागि कप्तान प्रकाश थापा एक्लैले ४ विकेट लिए । किरन चन्दको नाममा ३ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भीमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन जोडेको थियो । उस्का लागि अरुण ऐरी अर्धशतक प्रहार गरे । अरुन म्यान अफ दी म्याच चुनिए । त्यसैगरी नरेन्द्र रानाले ३५,किरन कुमार ठगुन्नाले २० तथा साजन बिटाल ५ बलमा १४ रन बनाएर रन आउट भए ।

पुनर्वास नगरपालिका ए का लागि भरत चन्दले एक्लैले ५ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिदै ५ विकेट लिन सफल भए ।
आजै सम्पन्न दोश्रो खेलमा गोदावरी नगरपालिकालाई ४ विकेटले पराजित गर्दै परशुराम नगरपालिकाले विजय सुरुवात गरेको छ । गोदावरी नगरपालिकाले दिएको १२३ रनको झिनो लक्ष्य परशुराम नगरपालिकाले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । परशुराम नगरपालिकालाई जित दिलाउन राज बिकले ३८ रनको पारी खेले । दान ठगुन्नाले २७ रनको पारी खेल्दा एस कठायत ११ रनमा अविजित रहे । गोदावरीका लागि अभिषेक कोइराला र आयुष सिंहले समान दुई दुई विकेट लिए भने गणेश थापाका नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको गोदावरी नगरपालिकाले निर्धारित २० ओभरा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका लागि आयुष खड्काले उत्कृष्ट अर्धशतक प्रहार गरे भने आकाश बिष्ट २८ रनमा पवेलियन फर्किदा कैलाश बिक २४ रनमा अविजित रहे ।परशुराम नगरपालिकाका लागि कप्तान अर्जुन बिकले ३ बिकेट लिए । अर्जुन म्यान अफ दी म्याच चुनिए । त्यस्तै तपेन्द्र बोहरा,ईश्वर जाग्री,राज बिक र किरन धामीले समान एक एक विकेट लिए ।

शुक्रबार पहिलो खेल ९: ३० बजे परशुराम नगरपालिका र बुढीगंगा नगरपालिका बाजुराका बीच हुनेछ भने दोश्रो खेल १ः३० बजे भीमदत्त र घोडाघोडी नगरपालिकाका बीच हुनेछ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगीता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ भने सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५÷१५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?