You are currently viewing साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आज भूटानसँग खेल्दै

१५ भाद्र,२०८२ः नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार भुटानलाई चुनौती प्रस्तुत गर्दैछ।
थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा हुने यो खेल साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल र भुटान दुवै उपाधि होडबाट पहिला नै बाहिरिसकेका थिए। त्यसैले यो खेल वार्मअपबाहेक अन्यर्था केही हुनेछैन।
पहिलो लेगमा नेपालले घरेलु टोलीमाथि संघर्षपूर्ण तरिकाले पुनरागमन जित हात पारेको थियो। पहिलो हाफमा १–० ले पछि परे पनि नेपालले सहारा लिम्बूको सानदार दुई गोलसँगै खेल २–१ ले आफ्नो पक्षमा पारेको थियो। जारी प्रतियोगितामा नेपालले एक मात्रै जित त्यही थियो। अर्कोतर्फ भुटानले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोकेको थियो। त्यसबाहेक भुटानले अन्य कुनै ठूलो उपलब्धी हासिल गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply