सुदूरपश्चिममा लगातार वर्षा, विभिन्न ठाउँमा बाढीको जोखिम

३०भाद्र,धनगढीः सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हिजो रातिदेखि निरन्तर पानी परिरहेको छ। कैलाली, डोटी, डडेलधुरा, बझाङ, दार्चुला लगायतका जिल्लाहरूमा वर्षाले जनजीवन प्रभावित बनेको छ। विशेषगरी कैलालीको धनगढी क्षेत्रमा राति देखि नै पानी परिरहेको स्थानीयहरूले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । विशेषगरी डडेलधुरा, बझाङ, डोटी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव बढ्न सक्नेछ ।

यस्तै आज बिहानको मापन अनुसार कोशी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र नारायणी नदीका सहायक नदीहरूको बहाव सतर्कता आसपास रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top