पुनर्वास नगरपालिका वडा न.१० मा रहेको सुदूरपश्चिम खप्तड भूवा समाजले भव्यताका साथ भूवा पर्व मनाइरहेको छ । वडा न.१० मा रहेको मन्दिर प्रांगणमा गत औंसीका दिनदेखि स्थानीयहरुले मुडा बाल्दै रआगो ताप्दै भूवा चाली खेलेर निकै सकृयताका साथ भूवा पर्व मनाइरहेका छन ।

सुदूरपश्चिम खप्तड भूवा समाजका सचिव नारद बहादुर खड्काले विगत २० वर्षभन्दा बढी समयदेखि आफूहरुले यस क्षेत्रमा भूवा पर्व मनाइरहेको बताए । उनले पछिल्लो समय भाषा,कला,संस्कृतिको लोप भैरहेका बेला यस्ताखाले कार्यक्रमले हाम्रो पहिचान जोगाइराख्ने बताएका छन ।

त्यस्तै सुदूरपश्चिम खप्तड भूवा समाजका अध्यक्ष चेत बहादुर बिस्टले स्थानीयहरुको साथले यतिठूलो कार्यक्रमको आयोजना गर्न सफल भएको बताए । उनले हामीभन्दा पछिल्लो पुस्तालाई पनि हाम्रो संस्कृतिप्रति रुचि जगाउन र यसको संरक्षण गर्न पनि आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा पछिल्लो समयका चर्चित डेउडिया सरिता शाही ( चरिता ) र योगेन्द्र थापाबीच डेउडा घम्साघम्सी खेल पनि भएको छ । ती दुई कलाकारहरुले विभिन्न विषयमा चोटिला गीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

कलाकारहरुको डेउडा खेल हेर्न पुनर्वासका विभिन्न गाउँ र धनगढीबाट पनि हजारौंको संख्यामा दर्शक पुनर्वास पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?