You are currently viewing सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई अलआउट गर्दै पायो झिनो लक्ष्य

सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई अलआउट गर्दै पायो झिनो लक्ष्य

सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायन्सले रनको भिनो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाउन पुग्यो ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान दिए । दिलिप नाथले ३१,सर्ट र मर्हजनले समान १८ १८ रन बनाए भने अन्य ब्याटरले कुनै ठूलो योगदान दिन सकेनन ।

सुदूरपश्चिम रोयल्सका लागि हरमित सिंह र अविनाश बोहराले समान ३ ३ तथा हेमन्त धामीले २ विकेट लिए भने कुग्लेनले एक विकेट लिए ।
सुदूरपश्चिमले लगातार तीन खेल जीत निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने लुम्बिनीले ३ खेलमा एकमा जीत र २ मा हार व्यहोर्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply