You are currently viewing ४० वर्षिय फुटबल इतिहासमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल,लाओस प्रतिद्वन्दि /@NepaliWomenFootball

४० वर्षिय फुटबल इतिहासमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल,लाओस प्रतिद्वन्दि /@NepaliWomenFootball

असार १५,धनगढी : नेपाली महिला फुटबल टोलीले आफ्ने १००औं अन्तर्राष्ट्रिय खेलमा आइतबार लाओसको सामना गर्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गतको यो खेल उज्वेकिस्तानको तास्केन्दस्थित बुन्योडकोर रंगशालामा नेपाली समय अनुसार साँँझ ६ः१५ बजे सुरु हुनेछ ।

File photo

नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्डका लागि यो पहिलो खेल हुनेछ । यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै नेपाल एसिसी महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ । नेपाल फिफा वरियतामा लाओसभन्दा सात स्थान माथि छ । वरियतामा नेपाल १०० र लाओस १०७औं स्थानमा छन् ।

लाओसलाई पराजित गर्दै नेपाली टोली आफ्नो १००औं खेलको उपलब्धिलाई अझै विशेष बनाउन चहान्छ । भर्खरै विदेशी लिग खेलेर आएका अन्जिला तुमबाप्पो सुब्बा, सावित्रा भण्डारी, रेखा पौडेल, पूजा रानालगायतका खेलाडी नेपालका लागि निर्णायक बन्न सक्छन् ।

नेपालले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको हो । त्यसपछि नेपालले १९८९ र १९९९ मा पनि यो प्रतियोगिता खेल्यो । त्यतीबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि भने छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । त्यसयता भने नेपाली टोलीले यो प्रतियोगितामा स्थान बनाउन सकेको छैन । यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।

Leave a Reply