You are currently viewing अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको ट्रफी टुर गरिएको आकर्षक भिडियो सार्वजनिक (भिडियो सहित) /@ArjunTrophy

अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको ट्रफी टुर गरिएको आकर्षक भिडियो सार्वजनिक (भिडियो सहित) /@ArjunTrophy

माघ १४,धनगढी : अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुरको आधिकारिक भिडियो सार्वजनिक गरिएको छ । आयोजक समितिले अर्जुन ट्रपीको आधिकारिक फेसबुक पेजबाट उक्त प्रतियोगिताको महत्त्व, उत्साह र यसको उद्देश्य लाई उजागर गर्ने भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा प्रतियोगिताको ट्रफी कैलाली र कञ्चनपुरका चिसापानी, टीकापुर पार्क, घोडाघोडी, गोदावरी, क्रिकेटको सहर धनगढी, फाप्ला, वेदकोट र महाकाली लगायतका विभिन्न स्थानमा प्रदर्शन गरिएको दृश्यहरू देखाइएको छ । जसले देशभर क्रिकेट प्रेमीहरूलाई उत्साहित पार्ने अपेक्षा गरिएको छ। साथै, भिडियोमा प्रतियोगितासँग सम्बन्धित खेलाडी, प्रशंसक र आयोजकहरूको भावनात्मक संलग्नता झल्काइएको छ।

अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगिता यही माघ १९ गते देखी २८ गते सम्म क्रिकेटको धनगढीमा अवस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको छ ।धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका अग्रज स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिने अर्जुन ट्रफी टी–२० फर्म्याटको प्रतियोगिता हो। प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउँदै छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली, र बोष्टन क्रिकेट झापा छन्। समूह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, र न्यु होराइजन बुटवल रहेका छन्। उद्घाटन खेल माघ १९ गते डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुराबीच हुनेछ।

झण्डै २० लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले १० लाख नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख नगद र उत्कृष्ट ब्याट्सम्यान, बलर, तथा उदयमान खेलाडीलाई जनही ५०–५० हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार नगद पुरस्कार दिइनेछ।

प्रतियोगितामा ए, बी, र सी तीन वटा क्याटेगोरीका खेलाडीहरू समावेश गरिने छन्। ए क्याटेगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी, बी क्याटेगोरीमा यु–१९ टिम, राष्ट्रिय टिम ‘ए’, र प्रदेशस्तरीय सिनियर खेलाडी तथा सी क्याटेगोरीमा यु–१६, प्रदेश यु–१९ र यु–१६ टिमका खेलाडी समावेश हुनेछन्।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालै निर्माण गरिएको अस्थायी प्यारा फिट पनि दर्शकहरूको सुविधाका लागि जडान गरिएको छ। प्रतियोगिताले धनगढीलाई क्रिकेटको राजधानीका रूपमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको टिकट डिजिटल वालेट खल्ती एपमार्फत उपलब्ध हुने भएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी वानमा हेर्न पाइनेछ। गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको यो प्रतियोगिता डिजिटल प्रविधिको माध्यमबाट अझ सहज र व्यापक बनाउनका लागि खल्ती एप टिकेटिङ पार्टनर बनेको हो।

Watch Trophy tour Video Here :

https://www.facebook.com/share/v/1MKUXHNLgA/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply