You are currently viewing हमासद्धारा सार्वजनिक ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि

हमासद्धारा सार्वजनिक ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि

५असोज,धनगढीः प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन ।


हमासले तस्वीर सार्वजनिक गरेर बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायलले भने यसलाई प्रोपोगान्डाको रूपमा लिएको छ ।
इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्वीर सार्वजनिक गरेको हो । विपिनसहित ४८ जना दुई वर्षदेखि हमासको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply